Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सामाखुशी बाढीमा बेपत्ता बालक अझै भेटिएनन्

सामाखुशी बाढीमा बेपत्ता बालक अझै भेटिएनन्

  • काठमाडौं । काठमाडौं सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता बालक अझै भेटिएका छैनन् । उनको अहिले खोजी कार्य जारी रहेको छ ।
    काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतवार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए ।

    images
    images
    images

    उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए ।

    विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए । मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij