
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । राजस्व अनुसन्धान विभागको विशेष टोलीले अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीनजना कर्मचारी र तीनजना भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij