
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं। सेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ । बुधबार नेप्से ११.१७ अंकले बढेर २१६५.२५ को विन्दुमा पुगेको छ ।
बुधबार होटल तथा पर्यटन, हाइड्रोपावर, बिमा, लघुवित्त लगायतका अधिकांश उपसूचकमा गिरावट भए पनि बैंकिङ उपसूचकले नेप्से बढाएको हो ।
बैंकिङ उपसूचक २.३१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक १.२२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.१४ प्रतिशतले बढेको छ । यस्तै व्यापार उपसूचक ४.८३ प्रतिशतले वृद्धि भएको हो ।
बुधबार दिनभर नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ७३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij