Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आर्थिक वर्षको अन्तिम दिनमा सेयर बजार दोहोरो अंकले वृद्धि

आर्थिक वर्षको अन्तिम दिनमा सेयर बजार दोहोरो अंकले वृद्धि

  • काठमाडौं । आर्थिक वर्षको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक नेप्से १२.१६ अंकले बढेर २०९६७.०९ को विन्दुमा बन्द भएको छ ।

    images
    images
    images

    आज बैंकिङ उपसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ भने म्युचुअल फन्ड उपसूचक २।०६ प्रतिशतले बढेको छ । यस्तै लघुवित्त उपसूचक पनि ०.९७ प्रतिशतले बढेको हो । यता वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बिमा उपसूचकमा भने गिरावट भएको छ ।

    आइतबार कारोबार रकम भने घटेको छ । आज ३९ हजार ३७ वटा कारोबारमा ७१ लाख ८४ हजार २५४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ३७ करोड ६४ लाखको कारोबार भएको हो ।

    आइतबार नेप्सेमा कुल २२६ सुचिकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये ११७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९३ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij