Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

रविको पार्टीमा हानाहान

रविको पार्टीमा हानाहान

  • काठमाडौं ।  रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वप) मा कुटाकुट भएको छ । रास्वपा रुपन्देहीमा भएको यो घटना प्रहरी कार्यालयसम्म पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले भने, ‘एउटा निवदेन आएको छ । 

    images
    images
    images

    हामीले छलफलका लागि बोलाएका छौं । दुवैतर्फको झगडाको विषय सुनेर प्रचलित कानुनअनुसार अगाडि बढ्छौं ।’रास्वपा सैनामैना र्यापिड एक्सन टिम संयोजक दामोदर खत्रीले पार्टिका नेताहरु विधान विपरीत चलेको भनेर कुरा राख्दा आफूमाथि आक्रमण भएको बताए । 
     
    उनले भने, ‘विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्री सदस्य विक्रम तिवारीलगायतको समूहले राति ९ बजेको समयमा पार्टी कार्यालयमा बोलाई कुटपिट गरे ।’

    उनले जनआस्थासँग कुरा गर्दै भने, ‘मलाई कुटे, म पार्टीको आन्तरिक लफडा भनेर चुपचाप थिएँ । तर उल्टै मलाई कुट्यो भनेर बुटवल प्रहरीमा उजुरी हालेछन् । म त अचम्ममा परेको छु । आज प्रहरीले बोलाएकाले जाँदैछु ।’

    केही दिनअघि रवि लामिछाने भैरहवामा प्रदेशस्तरीय प्रशिक्षण गराएर फर्केपछि उक्त घटना भएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij