
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एलओडी क्लबमा मदिराले मातेकी किशोरीलाई सानेपा लगेर बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कारागार चलान भएका छन् । कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई ललितपुर जिल्ला अदालतले कारागार चलान गर्ने आदेश भएको हो ।
१५ वर्षीया किशोरी जेठ ३० गते राति एलओडी क्लब गएकी थिइन् । कोइरालाले उनलाई सानेपास्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोपपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कोइराला र ती किशोरीबीच त्यही दिन भेटघाट भएको थियो । कोइरालाले पीडित किशोरीले भने बमोजिम एलओडीमा मदिरा किनिदिएको र ७ हजार रुपैयाँमा रात बिताउने सहमतिअनुसार आफ्नो अफिस कोठामा पुर्याएको बताएका थिए ।
पीडित किशोरी सामाजिक सञ्जालमार्फत चिनजान भएकी साथीमार्फत त्यसदिन उनी एलओडीमा रमाइलो गर्न पुगेकी थिइन् । उनलाई क्लब लिएर जाने साथी भने क्लबबाट सम्पर्कविहीन भएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij