Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रभु बैंकको सेयर बिक्रीमा

प्रभु बैंकको सेयर बिक्रीमा

  • काठमाडौँ । प्रभु बैंकको पौने ६ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । प्रभु बैंकले संस्थापक समूहको ५ लाख ७९ हजार ८३८ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमा ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्छन् भने बाँकी १ लाख ६८ हजार ३९९ कित्तामा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । 

    images
    images
    images

    अन्य व्यक्ति तथा संस्थाका लागिसमेत बिक्रीमा राखिएको सेयरमा १५ दिनभित्र र संस्थापक सेयरधनीहरुका लागिमात्र बिक्रीमा राखिएको सेयरमा ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सकिनेछ । 

    संस्थापक सेयरधनीहरुका लागिमात्र बिक्रीमार राखिएको सेयरमा संस्थापकबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij