Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

सांसद कार्कीको अभिव्यक्तिले बढ्यो आक्रोश

सांसद कार्कीको अभिव्यक्तिले बढ्यो आक्रोश

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी सीता दाहालको अन्तिम संस्कारमा सासंद तोसिमा कार्कीले दिएको अभिब्यक्तीप्रति माओवादी केन्द्र ललितपुरले खेद प्रकट गरेको छ ।

    images
    images
    images

    बिहिवार पार्टी कार्यलयले एक विज्ञप्ती जारी गदै बुधवार सिता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन पुगेकी ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित सांसद तोसिमा कार्कीले सञ्चार माध्यमसँगको कुराकानीमा क्रममा दिएको अभिब्यक्ति प्रति खेद प्रकट गर्दै घोर भत्र्सना गरेको हो । कार्कीले दिएको अभिब्यक्ति असंवेदनशील रहेको निष्कर्ष जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    पार्टी संयोजक शिव कट्टेल र इन्चार्ज दिनेश महर्जनद्वारा विज्ञप्तीमा हस्ताक्षर गरिएको छ ।

    यता सांसद तोसिमा कार्कीले भने आफूले बोलेको भिडियो काटेर भाइरल बनाएको भन्दै आपत्ती जनाएकी छिन् । सामाजिक सञ्जालमार्फत सासंद डा. कार्कीले आफूले गलत बोलेको भए माफी दिन आग्रह समेत गरेकी छिन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij