Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ११ लाख ठगी गर्ने पक्राउ 

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ११ लाख ठगी गर्ने पक्राउ 

  • काठमाडौं । बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ठगी गरेको आरोपमा मोरङका २१ वर्षीय महमद मोजाहीद मियालाई पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    मियाले 9762225542, 9762512841 मोबाइल नम्बरबाट  सम्पर्क गरी विभिन्न बैंकको आधिकारीक कर्मचारी हुँ भनी बैक खातासंग वालेट आईडी लिंक, खाता नविकरण, केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्योर ट्रान्सफर शुल्क नलाग्ने र राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरिदिने बहाना बनाउथे ।

    AGNI GROUP

    त्यसपछि पिडितहरुकै बैक खाता लगायत ओटीपी कोड समेत मागी खातामा पहुँच पुर्‍याई अन्यत्र बैक खाता तथा वालेटहरुमा रकम रकमान्तर गर्ने गरेका थिए ।  

    उनले त्यसरी ११ लाख १२ हजार ८४९ रूपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मियालाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij