
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समूहको ४० हजार २०० कित्ता सेयर बिक्रीमा राखेको छ । जसमा संस्थापक सेयरधनी गोवर्द्धन ढकालको २८ हजार कित्ता र शिवलाल भण्डारी १२ हजार २०० कित्ता रहेको छ ।
यो यरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रिय कार्यालयमा आएर खरिद आवेदन दिन सक्नेछन् ।
तोकिएको समयपछि विद्यमान संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij