Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बलात्कार मुद्दामा दोषी ठहर व्यक्ति १३ वर्षपछि पक्राउ

बलात्कार मुद्दामा दोषी ठहर व्यक्ति १३ वर्षपछि पक्राउ

  • काठमाडौं । अपहरण तथा जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको साविक उरहरी गाविस–८ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ बस्ने वर्ष ३१ को नविन बस्नेत रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई असार १७ गते बेलुका काभ्रेस्थली, काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

    AGNI GROUP

    प्रहरीका अनुसार अध्ययन तथा नागरिता बनाउने कामको सिलसिलामा दाङको तुलसीपुर–५, नयाँ बसपार्कस्थित न्यू राप्ती गेष्ट हाउसमा दाजु नाता पर्ने एकजना व्यक्तिको साथमा बास बसेकी युवतीलाई नविन बस्नेत समेतका व्यक्तिहरूले २०६७ असार १५ गते राति अन्दाजी ११ः३० बजे, जाहेरवालाका साथमा भएका व्यक्तिलाई लछार–पछार, कुटपिट गरी भगाई पीडित युवतीलाई अपहरण गरी तुलसीपुर–५ र ९ को सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगि सामुहिक जबरजस्ती करणी गरेका थिए ।

    अपहरण तथा जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतको मिति २०७९ जेठ १० गतेको फैसलाले प्रतिवादी नविन बस्नेतलाई साविक मुलुकी ऐन बमोजिम ६ ९छ० वर्ष कैद हुने ठहर गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij