Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

धरानका मेयर हर्क साम्पाङ सम्मानित

धरानका मेयर हर्क साम्पाङ सम्मानित

  • काठमाडौं । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङलाई वर्ल्ड बुक अफ रेकर्ड्सले समेत कदर गरेको छ ।  मेयर साम्पाङले यही श्रम संस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करिब ४२  किलोमिटर पाइप तानेर  कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स–लन्डन’ले कदर गर्दै सम्मान गरेको हो ।  

    images
    images
    images

    शुक्रबार धरान उप-महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा उक्त कदर पत्र हस्तान्तरण गरिएको थियो । कदरपत्र पाएपछि प्रफुल्लित हुँदै मेयर हर्क साम्पाङले आफूले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मूल्याङ्कन हुँदा अझै काम गर्ने जोस थपिने बताउँदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij