Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौं महानगरमा फूल फुल्ने विरुवा रोप्न सुरु

काठमाडौं महानगरमा फूल फुल्ने विरुवा रोप्न सुरु

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरका विभिन्न क्षेत्रमा फूल फुल्ने विभिन्न जातका बिरुवा रोप्न सुरु गरेको छ । यसै सिलसिलामा महानगरपालिकाको वडा नं २८ ले भने बागबजार क्षेत्रमा रहेका गमलासहित फूल तथा अन्य बिरुवा राखेको छ ।

    images
    images
    images

    भृकुटीमण्डप, राष्ट्रिय सभागृह रोड, शङ्करदेव क्याम्पस रोड, बागबजार क्षेत्र महाँकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो । महानगरपालिकाको वडा नं २८ का वडासचिव मोक्षप्रसाद दुलालले वडाले एक सय ५५ वटा गमलासहित धुपी, समी, कपुर तथा फूलको बिरुवा रोपेको जानकारी दिएका छन् ।

    उनका अनुसार महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत अहिलेसम्म छ सय बिरुवा रोपिसकेको र सडक छेउछाउमा भने गमलामा बिरुवा राखिएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij