
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । पछिल्लो ६ महीनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सन् २०२३ को ६ महीनामा आएका पर्यटकको संख्या सार्वजनिक गरेको छ । यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ रहेको बोर्डले जनाएको छ ।
सन् २०२० को शुरुआतदेखि कोरोनाभाइरसको महामारी शुरू भएपछि पर्यटकको संख्या घट्दै गएको थियो । यो वर्ष विदेशी पर्यटकको संख्या पहिलेकै अवस्थामा आउन थालेको हो ।
बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । साथै सोही अवधिमा कोरोना महामारी शुरू भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार ९०१ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७.७९ प्रतिशतले बढी हो । त्यस्तै, कोरोनाअघि सन् २०१९ को तुलनामा १६.९३ प्रतिशतले कम हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij