
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र झोलामा गरिने विज्ञापनमा अब कर लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८ / ८१ को आर्थिक ऐन अनुसार झोलामा गरिने विज्ञापनमा वार्षिक १ सय यसका साथै सार्वजनिक स्थानबाटनदेखिने मल, चलचित्र भवन लगायत व्यावसायिक भवन भित्र विज्ञापन प्रचार प्रसारका लागि राखिएको विज्ञापन सामग्रीमा प्रतिवर्गफुट ५ सय रुपैयाँका दरले विज्ञापन कर लाग्ने भएको छ ।
धातु वा सिमेन्टबाट बनेको अक्षरबाट लेखिएको परिचय पाटीमा समेत अब वार्षिक १ हजार रुपैयाँका दरले विज्ञापन कर लाग्ने भएको छ । परिचय पाटीबाहेकका विज्ञापन सामग्री राख्न महानगरपालिकाले तोकेको स्थानमा मात्र स्वीकृति दिइने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij