
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैंले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले राजीनामा दिएका हुन् ।
उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज भएको कारण देखाउँदै सोमबार राजीनामा बुझाएका हुन् ।
उनले राजीनामा दिँदै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्मा नियुक्ति हुने गरेको आरोपसमेत लगाए । न्याय परिषद्ले न्याधीशमा राजनीतिक मानिसहरु अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि न्यायाधीशहरुको भविष्य नै अन्धकार भएको उनको बुझाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij