Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बजेटमाथि उठेका प्रश्नको आजदेखि मन्त्रीले जवाफ दिने

बजेटमाथि उठेका प्रश्नको आजदेखि मन्त्रीले जवाफ दिने

  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने कार्यतालिका रहेको छ । आइतबार बिहान बिहान १० बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठाइएका प्रश्नहरूको विभागीय मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    संसद सचिवालयका अनुसार गृह, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

    AGNI GROUP

    मन्त्रीले जवाफ दिनु अगाडि उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुनेछ। शुक्रबार बजेट पुस्तिका उपलब्ध नभएको भन्दै सांसदले प्रश्न उठाएपछि छलफल हुन सकेको थिएन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij