
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरीमाथि काठमाडौं जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । गिरीलाई अदालतभित्रै उनको श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् । बैबाहिक बलात्कारको मुद्दामा पेशी बुझन आएका पूर्वन्यायाधीश गिरीलाई जुत्ता प्रहार गरेकी थिइन् ।
आरती पनि पेशी बुझन आएकी थिइन् । उनले जुत्ता प्रहार गरेपछि प्रहरीले अदातलबाट बाहिर निकालेर गेट बाहिर राखेको थियो । गिरीले रुँदै राज्यले बलात्कारीलाई सेवा गरेको गुनासो पोखिन् ।
उनले श्रीमानविरुद्ध केही समय बैबाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । यसअघि पनि आरतीले न्यायको माग गर्दै श्रीमानविरुद्ध विरोध गर्दै आएकी थिइन् ।
गिरी गत चैत २८ गते पक्राउ परेका थिए । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij