Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शोक प्रस्ताव पारित गरेर रोकियो संसद् बैठक

शोक प्रस्ताव पारित गरेर रोकियो संसद् बैठक

  • काठमाडौं । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । बैठक सुदूरपश्चिम प्रदेशका आतरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव  पारित गरी स्थगित भएको हो ।

    मंगलबार सडक दुर्घटनामा सिंहको निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आजै आधाघण्टापछि बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

    images
    images
    images

    प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरुआत भएको छ । कार्यव्यवस्था समितिको बैठकले प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij