Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । विगतको सरकारले अघि बढाएको आधारभूत अस्पतालको निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाएको छ ।
विगतको सरकारले ३९६ स्थानमा आधारभूत अस्पतालको शिलान्याश गरेपनि अहिले बजेटका अभावका कारण निर्माणले गति लिन नसकेको भन्दै मंगलबार एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्ण गोपाल नेतृत्वको टोलीले निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै स्वास्थ्यमन्त्री बस्नेतलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै एमालेले संघीय स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनुपर्ने तथा जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ को पूर्ण कार्यान्वयन लगाएतका ११ बुँदे माग अघि सारेको छ ।
स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा बजेट कम हुनु उचित नभएको उनले उल्लेख गरे । त्यस्तै ज्ञापनपत्र बुझ्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य सम्बन्धी विषयमा आएका सुझाव महत्वपूर्ण रहेको भन्दै यसलाई आवश्यक छलफल गरेर कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij