Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौ । नेपालका दुई ठूला व्यापारिक घराना गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपका सञ्चालकसमेत रहेका हितेश गोल्छा र विशाल अग्रवाल सञ्चालक रहेको श्रीराम सुगर मिल्सले ३८ करोड ऋण नतिरेपछि बैंकले लिलामी प्रक्रियाअघि बढाएको छ ।
एक सूचता प्रकाशित गर्दै नेपाल बैंकले गोल्छा र अग्रवाल सञ्चालक रहेको श्रीराम सुगर मिलको सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको हो । सहवित्तीयकरण बैंकका तर्फबाट नेपाल बैंकको कर्जा असुली विभागले सुगर मिल्स लिमिटेडसँग सम्बन्धित मिल मेसिनरी बोल- कबोल लिलाम बिक्री गरिनेबारे सूचना प्रकाशित गरेको हो ।
सूचनाअनुसार गरुडा नगरपालिका वडा नम्बर ६ मा रहेको श्रीराम सुगर मिल्स लिमिटेड ३८ करोड रुपैयाँबराबरको मिलमेसिनरी लिलाम हुन लागेको हो। चुक्ता पुँजी ३० करोड २५ लाख ९९ हजार रुपैया रहेको यस कम्पनीको १६ वर्षअघि प्रतिकित्ता ३३८ रुपैयामा सेयर किनबेच भएको थियो । कम्पनीमा आधा सेयर संस्थापकहरूको छ भने आधा सर्वसाधारणमा छ ।
नेपाल बैंकले प्रकाशित गरेको ३५ दिने सूचनाअनुसार नेपाल बैंकसँगै राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सन्याय कोष, हिमालयन बैंक नेपाल इन्भेष्टमेन्ट बैकाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकः समेतबाट विभिन्न शीर्षकमा उक्त सुगर मिलने कर्जा लिएको थियो । तर कर्जाको रकम लेनदेनसम्बन्धी लिखतमा लेखिएअनुसार भाखाभित्र बुझाउनुपर्ने सांबा र त्यसमा लाग्ने स्थान तथा हर्जनासमेत उक्त मिलले बुझाएको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij