Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौँ महानगरपालिकाविरुद्ध १५ करोड क्षतिपूर्ति माग्दै रिट

काठमाडौँ महानगरपालिकाविरुद्ध १५ करोड क्षतिपूर्ति माग्दै रिट

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको विरुद्ध पाटन उच्च अदालतमा रिट निवेदन परेको छ । भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला रोक्ने महानगरविरुद्ध मेला सञ्चाकहरुले १५ करोड क्षतिपूर्ति माग गर्दैै रिट निवेदन दिएका हुन् ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले गत बिहीबार मेला उद्घाटन गरेकै दिन महानगर प्रमुख बालेन शाहको निर्देशनमा सो मेला रोकिएको थियो । उक्त रिटको सोमबारका लागि पेशी तोकिएको छ । रिजल्ट नै सार्वजनिक नभइ विद्यार्थी भर्ना सुरु गरेको भन्दै महानगरले हस्तक्षेप गरेको हो ।

    आइतबार संयुक्त पत्रकार सम्मेलनमार्फत क्षमायाचना तथा क्षतिपूर्तिसहित मेला सञ्चालन गर्न दिन निजी शैक्षिक संस्थाको साझा सञ्जालमा आबद्ध नौवटा संघसंस्थाले माग गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij