
Apr 30 2025 | २०८२, वैशाख १७ गते
जनकपुरधाम । मधेस सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदैछ । यसका लागि शुक्रबार साँझ ५ बजे प्रदेश सभा बैठक बस्ने भएको छ । उक्त बैठकमा अर्थ मन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर ३५ अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको हो । प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij