Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाै । वाणिज्य बैंकहरूमा रहेको बचतको ब्याजदर असारमा पनि यथावत रहने भएको छ। मंगलबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर यथावत राख्ने अनौपचारिक सहमति गरेको हो।
बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।
बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । संघले जेठमा सोही ब्याजदरलाई निरन्तरता दिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij