Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानाध्यापक पौडेलविरुद्व तीन लाखको भ्रष्टाचार मुद्दा

प्रधानाध्यापक पौडेलविरुद्व तीन लाखको भ्रष्टाचार मुद्दा

  • काठमाडौं। कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ मा अवस्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्व भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानाध्यापक पौडेलविरुद्व तीन लाख १२ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार  विज्ञति जारी गर्दै आर्थिक वर्ष २०६७/६८ मा उक्त विद्यालयको शौचालय निर्माणका लागि लिएको रकम हिनामिना गरेको आरोपमा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए । 
     
    पौडेलले जिल्ला शिक्षा कार्यालय कास्कीबाट दुई लाख रुपियाँ रकम निकासा गरेको तर शौचालय निर्माणको पहल नगरेको विज्ञप्तिमा उल्लेख छ। आयोगले विशेष अदालत काठमाडौंमा उहाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

    AGNI GROUP

    रकम निकासा भए पनि शौचालय निर्माणको कुनै पहल नगरेको र विद्यालयको अक्षय कोषमा रहेको एक लाख १२ हजार रुपियाँसहित तीन लाख १२ हजार रुपियाँ बिगो रकम असुर उपरको मागदाबी गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij