Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई प्रथम पटक श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । श्रम स्वीकृतिका लागि यसअघि वैदैशिक रोजगार विभाग पुग्नुपर्ने बाध्यता रहेको थियो ।
गत वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात भएको थियो । सो प्रणालीको सुरुवात भएसँगै उक्त सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले उपहानगरपालिकाले सुरु गरेको छ ।
रोजगार संयोजक विजन श्रेष्ठका अनुसार श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नं, रोजगारदाताले दिएको सम्झौता पत्र, राहदानीको प्रतिलिपिसहित उपमहानगरपालिकाको रोजगार सेवामार्फत अनलाइन आवेदन दिन सकिनेछ ।
वैदैशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij