Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । हिजो जुन ७ तारिख अर्थात् विश्व खाद्य स्वच्छता दिवस। खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ भन्ने नाराका साथ मनाइँयो
खाद्य स्वच्छताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महत्वपूर्ण सन्देशहरु जारी गरेको छ।
१ .आफ्ना हातहरु, भान्छा र भाँडाकुँडाहरु सधै सफा तथा स्वच्छ राख्नुहोस्।
२. संक्रमण सर्नबाट बचाउनका लागि पकाएको खाद्य पदार्थलाई नपकाएको खाद्य पदार्थबाट अलग राख्नुहोस्।
३. खाद्य पदार्थलाई कम्तीमा ७० डिग्रि सेल्सिय सम्मको तापक्रममा राम्री पकाउनुहोस्।
४. छिट्टै बिग्रन सक्ने खानेकुरा तथा पकाएर सेलाएको खानेकुराहरु फ्रिजमा राख्नुहोस् र खानु अघि तताउनुहोस्।
५. खान योग्य पानी तथा सुरक्षित कच्चा खाद्य पदार्थको प्रयोग गर्नुहोस्।
घरमा खाना बनाउँदा वा खाद्य व्यवसायहरु जस्तै रेष्टुरेण्ट, फुटपाथका स्टलहरु सञ्चालन गर्दा खाद्य स्वच्छताका यी अभ्यासहरु अपनाउन मन्त्रालउले सबैमा आग्रह गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij