Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान २०२३

नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान २०२३

  • काठमाडौं । नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान २०२३ ले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा तथा अन्य चुचुराबाट ३५,७०८ किलोग्राम फोहोर सफलतापूर्वक संकलन गरियो ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसंगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुचे हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाई र हटाउने सफा हिमाल अभियान २०२३ यस वर्ष २०८० जेठ ८ गते सम्पन्न भएको छ यस वर्षको अभियानले यी हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो, जुन लक्ष्य हालै पुरा भएको थियो।

    AGNI GROUP

    यस अभियान मार्फत हिमालबाट २५,७०८ केजी फोहोर संकलन गरिएको थियो। स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा ल्होत्से क्षेत्रवाट १२६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट २,५६७ किलो रररुबाट १८,५२० केजी गरी जम्मा गरी ३५,७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो।

    यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक, श्री अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासंगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदा कम्पनीले सम्मानित महसुस गरेको बताए।

    जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढाया दिएको छ। वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij