Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

छुवाछुतको व्यवहार गर्नेलाई  कारवाहीको दायरमा

छुवाछुतको व्यवहार गर्नेलाई  कारवाहीको दायरमा

  •  काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊन सरकारसँग   आग्रह गरेको छ । आयोगले यस्ता अपराधहरुमा कारवाही नभएको पाइएको र यसले दण्डहिनता वढाएको भन्दै सरकारसँग यस्तो माग गरेको हो ।

    images
    images
    images

     नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा आयोगले सरकारसँग यस्तो माग गरेको हो ।आयोगले दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न पनि  सरकारलाई आग्रह गरेको छ। 

    images

    जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न आयोगको विज्ञप्तिमा भनिएको छ। आयोगले सवै राजनीतिक दलहरुलाई जातीय विभेद तथा छुवाछूतका घटनालाई निर्मूल गर्नका लागि कानुनको कार्यान्वयनमा सहयोग पु¥याउन आग्रह गरेको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij