Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शेयरको खरिद विक्रिमा कर नबढाउने

शेयरको खरिद विक्रिमा कर नबढाउने

  • काठमाडौँ । आइतबार सूचना निकालेर अर्थ मन्त्रालयले पूँजीगत लाभकरका सम्बन्धमा साविककै कानूनी व्यवस्था कायम रहेको उल्लेख गरेको  छ । 

    images
    images
    images

    आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित पूँजीगत लाभकर सम्बन्धी व्यवस्थाको विरोध गर्दै शेयर लगानीकर्ताले आन्दोलन घोषणा गरेपछि मन्त्रालयले लगानीकर्तासँग छलफल समेत गरी सहमति गरेको छ । ब्रोकर कार्यालयमा ताला लगाएरशेयर लगानीकर्ताले शेयरको किनबेच नै बन्द गराएका थिए ।

    आगामी आर्थिक वर्षको बजेट (आर्थिक विधेयक)ले प्राकृतिक व्यक्तिले शेयर बिक्रीमा प्राप्त लाभमा पूँजीगत लाभकरका अतिरिक्त ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्ने व्यवस्था गरेको भन्दै लगानीकर्ता आन्दोलित थिए ।

    प्राकृतिक व्यक्तिका हकमा ५ र ७.५ प्रतिशतको पूँजीगत लाभकर नै अन्तिम कर भएको मन्त्रालयले बताएको छ । बजेटमा शेयर बजारमा नियमित कारोबार गरेर नाफा कमाउनेका लागि यस्तो व्यवस्था गरिएको बताउँदै आएको थियो ।

    share.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij