Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कुमारी बैक लिमिटेडले ४ हजार ७१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक शेयरधनी डिल बहादुर वंशी मगरको चार हजार सात सय अठार कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij