Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

भारतमा तीन नयाँ रिटेल स्टोर खोल्ने एप्पलको योजना

भारतमा तीन नयाँ रिटेल स्टोर खोल्ने एप्पलको योजना

  • काठमाडौं । यही अप्रिल महिनामा एप्पलले भारतमा दुईओटा आधिकारिक स्टोर उद्घाटन गरेको थियो ।

    images
    images
    images

    मुम्बईको बीकेसी र दिल्लीको साकेतमा अवस्थित उक्त दुई स्टोरले राम्रो बजार बनाउन सफल भएपछि कम्पनीले अन्य तीन स्टोर पनि खोल्ने योजना सार्वजनिक गरेको हो । दुवै स्टोरले दुई महिनामा नै २० करोड भन्दा बढीको व्यापार गरेको छ ।   

    आगामी चार वर्षभित्र एप्पलले विश्वव्यापी रूपमा ५३ वटा स्टोर खोल्ने, स्थानान्तरण गर्ने र पुनर्निर्माण गर्ने योजना बनाएको ब्लूमबर्गमा प्रकाशित एक लेखमा उल्लेख गरिएको छ । जसमध्ये, भारतमा मात्रै तीन नयाँ स्टोर खोलिनेछ । 

    तेस्रो एप्पल स्टोर सन् २०२५ मा मुम्बईको बोरिवलीमा खोलिने अपेक्षा गरिएको छ । त्यस्तै चौथो स्टोर सन् २०२६ मा नोइडाको डीएलएफ मलमा हुने योजना छ भने पाँचौं स्टोर २०२७ मा मुम्बईको वर्ली क्षेत्रमा स्थापना गरिने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij