Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अत्याधिक गर्मीका कारण गत १८ गते बिहीबारदेखि बन्द रहेका विराटनगर महानगरपालिकाका सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु २३ गते मंगबारसम्म बन्द रहने भएका छन् । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।
महानगरपालिकाले अत्याधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाई भएको एवम् विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै १८ गते र १९ गतेसम्म दुई दिन विदा दिने निर्णय गरेको थियो । विदाको समयावधि बढाउँदै महानगरपालिकाले जल तथा मौसम विज्ञान विभागबाट अझै केही दिन तराई क्षेत्रमा तातो हावा तथा लु लाग्ने सम्भावना रहेकोले सोबाट बच्नका लागि भन्दै थप तीन दिन विदा दिने निर्णय गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij