Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पटना घर भएका २८ वर्षीय सरिव खान रहेका छन् ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij