Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजघाटस्थित समाधिस्थल पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान समाधिस्थल पुगी गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गरेका हुन्।
भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ ।
भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने छ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij