
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं । महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा कर्मचारी र ग्राहकलाई बन्धक बनाएर लुटपाट गरिएको छ । आज दिउँसो साढे १२ बजेको समयमा करिब ४० लाख रुपैयाँ लुटपाट भएको हो ।
प्रहरीका अनुसार चारजनाको समूहमा आएका लुटेराले बैंकबाट सो रकम लुटेर लगेका हुन् । सीसीटिभीमा देखिएको फुटेजमा लुटेराहरू चारैजनाको हातमा बन्दुक देखिन्छ ।
उनीहरूले बैंकमा रहेका ग्राहक र कर्मचारीमाथि बन्दुक देखाएर सबैलाई बन्धक बनाई रकम लिएर फरार भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
सीसीटिभीमा चारजना लुटेरा देखिए पनि लुटपाटमा अन्यको पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij