Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व सांसद रेशम चौधरीको रिहाइको विरोध गरेको छ। चौधरीलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकूल नरहेको रास्वपाले बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी गरेका छन्। टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरिएर जन्म कैद सजाय पाएका चौधरीलाई थुनामुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको भन्दै रास्वपाले एक विज्ञप्ति जारी गरी विरोध जनाएको हो।
सरकारको यो कदम पूर्वाग्रही तथा आममाफीको मर्मविपरीत हुनुका साथै पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको रास्वपाले बताएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij