Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल लाइफद्वारा ६४ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी

नेपाल लाइफद्वारा ६४ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी

  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू ६४ लाख २५ हजार रुपैयाँको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजार रुपैयाँको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गर्नुभएको हो ।

    AGNI GROUP

    आफ्नो जीवनकालमा साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट मिती २०७५/०५/१३ गते रु.५०,००,००० बीमाङ्क भएको जीवन बीमा योजना लिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,००० र बोनस बापत रु.१४,२५,००० गरी जम्मा रु.६४,२५,०००।– इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।

    कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij