Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ।
प्रतिनिधि सभाले शनिबार नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ। सरकारले बजेटको तयारी पनि गरिरहेको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
यसैबीच राष्ट्रिय सभा बैठक पनि बस्दैछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij