
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताएका छन् ।
जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध जेठ १० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । महर्जन फरार रहेको उल्लेख गरिएको थियो ।
अहिले यो प्रकरणमा उनीसहित पक्राउ पर्नेको संख्या १७ पुगेको छ । यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण सहित १६ जनालाई पक्राउ गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij