Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज दुई जना अभियुक्तको मात्रै बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज दुई जना अभियुक्तको मात्रै बयान

  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट काठमाडौं जिल्ला अदालतमा अभियुक्तको बयान शुरू हुँदैछ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूको बयान शुरू हुन लागेको हो ।

    images
    images
    images

    आज दुई जनाको मात्रै बयान हुने जिल्ला अदालत स्रोतले जनाएको छ । पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालको हुन लागिएको हो । उनको बयान केही बेरमा शुरू हुँदैछ । त्यसपछि आजै सानु भण्डारीको बयान लिइने छ ।

    आज दुई जनाको मात्रै बयान हुने भएपछि अन्य अभियुक्तलाई हिरासत फिर्ता लगिएको अदालत स्रोतले जनाएको छ । यसअघि सबै अभियुक्तलाई अदालतमा उपस्थित गराइएको थियो । प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij