Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । कुमारी बैंकको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

    onlinepatrika
    Arghakhachi

    बिक्रीमा ल्याएको उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ।  यस अनुसार बैंकको उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    AGNI GROUP

    बोलपत्र पेस गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

    यो लिलामी सेयरमा यही जेठ १९ गते अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij