Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं उपत्यकामा नेवारी समुदायले आज सिथि नखः पर्व मनाएका छन्। जेठ शुक्ल षष्ठीमा मनाइने भएकाले यो पर्वलाई षष्ठी वा सिथि नखः भनिएको हो। सिथी नखः को दिन काठमाडौं उपत्यकाभरि इनार, कुवा, धारा लगायत पानीका स्रोत सरसफाइ गर्ने चलन छ।
सिथि नखःले मनसुन सुरू हुन लागेको संकेत गर्छ। ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ । मनसुनअघि मुहान सफा गरेर पानीको आपूर्ति प्रणाली व्यवस्थित गर्नु यसको उद्धेश्य हो। सिथि नखःका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् ।
नेवार समुदायले सिथि नखःका दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चतामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको छ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः ९धान रापाइँ० शुरु हुने भएकोले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij