Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधवार देशभर ८५४ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। यस अवधिमा १४ जना नै संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमित ५३ जना रहेका छन्। विगत एक हप्ताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । तर, जोखिम भने अझै रहेको मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij