Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिटी होटलको आईपीओ बाँडफाँड

सिटी होटलको आईपीओ बाँडफाँड

  • काठमाडौं ।  सिटी होटल लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। सिटी होटलको आईपीओ बाँडफाँड काठमाण्डौको सोल्टीमोडस्थित सिटी होटेलमा गरिएको हो। बाँडफाँड कार्यक्रम बिहान ८ः३० बजे राखिएको थियो।

    onlinepatrika
    Arghakhachi

    सिटी होटेलको आईपीओ गत वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको थियो। 

    AGNI GROUP

    बाँकी कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। त्यसमा बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

    धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट कुल १ करोड १८ लाख ९५ हजार ३७०० कित्ता सेयर माग भएको छ। जसमा १० लाख ८७ हजार ६७५ आवेदकबाट परेको १ करोड १८ लाख ३३ हजार ७१० कित्ता सदर भएको छ भने ४ हजार ९९२ आवेदकबाट परेको ६१ हजार ६६० कित्ता बदर भएको छ। 

    मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये ९ लाख ५२ हजार ८१ आवेदकको हात खाली भएको छ। 

    यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीकोiporesult.cdsc.com.np  मा गएर हेर्न सकिनेछ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij