Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ‘गोदावरी नगरको अभियान महिलालाई शिक्षामा प्रोत्साहन’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिकामा गृहिणी महिला विद्यालय संचालन हुने भएको छ। विविध कारणवश बीचमा पढाई छोडेर बसेका जुनसुकै उमेरका महिलाहरुका लागि महिला सँग उपमेयर कार्यक्रम (कक्षा १ देखि १२ सम्म) अन्तर्गत उक्त कार्यक्रम संचालन हुन लागेको हो।
उक्त कार्यक्रमको लागे उपप्रमुख मुना अधिकारीको सभा अध्यक्षतामा गृहिणी महिला विद्यालय संचालनार्थं प्रारम्भिक भेला वडा नं १३ को महिला भबनमा सम्पन्न भएको छ। उक्त भेलामा नगरपालिकाका विभिन्न वडाबाट २ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नितान्त पढाइ छाडेर घरमा बसेका हरुको लागि कक्षा सन्चालन गर्नको लागि उप प्रमुखको विशेष चासोका कारण आज यो भबन निर्माण भई पढाइ सुरु गर्न लागिएको बताए ।
कार्यक्रमको अध्यक्ष रहेकी उपप्रमुख मुना अधिकारीले एक जना डाक्टरको श्रीमतीको उदाहरण दिँदै आफू डाक्टर भएपनी श्रीमती पढेलेखेको नभएको कारण आफ्ना साथीभाइलाई नचिनाएको र पछि लुकेर एस . एल .सि पास गरेपछि मात्रै घरमा थाहा भएको कुरा जोड्दै महिला लाई अगाडि बढाउनुपर्नेमा जोड दिईन।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij