
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौंको बौद्धस्थित तिनचुलीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij