Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सिटी होटलले जेठ ५ गते आईपीओ बाँडफाँड गर्दै

सिटी होटलले जेठ ५ गते आईपीओ बाँडफाँड गर्दै

  • काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ आउँदो शुक्रबार (जेठ ५ गते) बाँडफाँड गरिने भएको छ। 

    onlinepatrika
    Arghakhachi

    धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम काठमाडौंको सोल्टीमोडस्थित सिटी होटेलमा राखिएको छ। बाँडफाँड कार्यक्रम बिहान ८ः३० बजे राखिएको छ। 

    AGNI GROUP

    सिटी होटेलको आईपीओ गत वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। 

    सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको छ।बाँकी कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। त्यसमा बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिएका छिन्। 

    सीडीएससीका अनुसार अन्तिम दिन साँझसम्म यो आईपीओमा ११ लाख ६१ हजार २८०९ आवेदकबाट कुल १ करोड २७ लाख ८८ हजार ९९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.४३ गुणा बढी हो। 

    मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij