Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

अवैध लागु औषधीसहित २ जना पक्राउ

अवैध लागु औषधीसहित २ जना पक्राउ

  • काठमाडौँ । अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पाँचथर याङवरक गाउँपालिका-५ नागी बस्ने २६ वर्षीय दिपक लोक्सम र भारत घर भएका २५ वर्षीय रन्जित वर्मनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ६९०७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij