Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बढ्यो नेप्से परिसूचक

बढ्यो नेप्से परिसूचक

  • काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक ०.५८ प्रतिशतले बढेको छ । सोमबार १६.९३ अंकले घटेको नेप्से आज १०.६६ अंकले बढेर १८४४.३६ को बिन्दुमा कायम भएको छ ।

    images
    images
    images

    आज २६९ कम्पनीको २८ लाख २६ हजार १३९ कित्ता सेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशत ३५४.२५ बिन्दुमा पुगेको छ ।

    यस्तै, आज १३ वटा उपसमूहमध्ये सबैको समूहगत सूचक उकालो लागेको छ । जसमध्ये होटेल तथा पर्यटन उपसमूहको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त सूचक सर्वाधिक १.९४ प्रतिशतले बढको छ ।

    आज पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता २६९.८० रुपैयाँमा कायम भएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.६८ प्रतिशतले घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij